आइपिएलमा मुम्बइको महत्वपुर्ण जित, चेन्नेइ ८ विकेटले पराजित

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा साविक विजेता मुम्बइ इन्डियन्सले चेन्नेइ सुपर किंस माथि आठ विकेटको जीत हात पारेको छ ।

पुणे स्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा टस हारेर ब्याटिङ गरेको चेन्नेइले २० ओभरमा पांच विकेट गुमाउदै एक सय ६९ रन बनाएको थियो । चेन्नेइका लागि सुरेश रैनाले अविजीत ७५ र अम्बाताी रायडुले ४६ रन बनाएका थिए ।

महेन्द्र सिंह धोनीले २६ रन जोड्दा सेन वाटसन १२ रनमा मैदान बाहिरिए । मुम्बइका क्रुणाल पान्डेय र मिचेल मेक्लेनघनले दुइ दुइ विकेट लिए ।

जवाफमा एक सय ७० रनको लक्ष्य मुम्बइले दुइ वल बांकी रहदा दुइ विकेटको नोक्सानीमा पुरा गर्यो । मुम्बइको जीतमा रोहित शर्माले कप्तानी पारी खेल्दै ३३ वलमा अविजीत ५६ रनको योगदान दिए ।

इभिन लेविसले ४७ र सुर्य कुमार यादवले ४४ रन बनाउदै मुम्बइको जीतको आधार तयार पारेका थिए । हार्दिक पान्डेर १३ रन बनाउदै अन्तिम समय सम्म क्रिजमा रहे ।

चेन्नेइका डवेन ब्राभो र हरबजन सिंहले एक एक विकेट लिए । मुम्बइको सात खेलमा यो दोस्रो जीत हो । चेन्नेइको दोस्रो हार हो । आइपिएलमा आज राजस्थान रोयल्स र सनराइसर्ज हैदराबाद बीच खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest