अनिल सिंगापुरमा हुने इलाइट प्लेयर्स सिरीजका लागि जाँदै

सिंगापुरमा हुने इलाइट प्लेयर्सको दोस्रो संस्करणमा सहभागि हुने नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य अनिलकुमार शाह आज त्यसतर्फ प्रस्थान जादैछन ।

सिंगापुर क्रिकेट संघको आयोजनामा हुने इलाइट प्लेयस सिरीजमा अनिलले एसजी क्रिमसोन्स टिमबाट खेल्नेछन ।

अनिलको बसाई र खाना खर्च तथा फर्किन टिकट सिंगापुर क्रिकेट संघले ब्यहोर्ने भएको छ ।

नेपाल क्रिकेट खेलाडी संघका महासचिव पारस खड्काले विज्ञप्ती जारी गर्दै सिप्यानले अनिललाई सिंगापुरमा क्रिकेट खेल्न सहयोग गरेको बताउदै उनलाई सफलताको पनि शुभकामना दिएको छ ।

अनिल रहेको टिम क्रिमसोन्समा तीन जना विदेशी खेलाडी रहेका छन । जसमा अनिल सहित जिम्बावेका रिचार्ड नाग्राभा र पाकिस्तानका विलाल आसाद छन ।

प्रतियोगितामा तीन टिमको सहभागिता रहेको छ । राउण्डरोविन लिगका आधारमा शिर्ष दुई टिमले फाइनल खेल्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest