हैदरावाद आइपिएलको शिर्ष स्थानमा, राजस्थान ११ रनले पराजित

राजस्थान रोयल्सलाई ११ रनले हराउदै सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

जयपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ५१ रन बनायो ।

उसका लागि कप्तान केन विलियम्सनले ६३ रन बनाए भने एलेक्स हल्सले ४५ रन जोडे । यस्तै मनिश पाण्डेले १६ रन बनाउँदा रिद्दमान शाहले ११ रन थपे । बलिङ तर्फ राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिए ।

जवाफमा राजस्थान २० ओभरमा ६ विकेट गुमाउँदा एक सय ४० रनमा रोकियो । उसका लागि कप्तान अजिन्क्या राहानेले ६५ तथा सञ्जु सामसनले ४० रन बनाएपछि टिमलाई हारबाट बचाउन सकेनन ।

अन्तिम ओभरमा राजस्थानलाई जितका लागि २१ रन चाहिएकोमा पुर्याउन सकेन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest