आइपिएलमा बैङलोरको अर्को हार, कोलकाता ६ विकेटले विजयी

इन्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत गएराती भएको खेलमा कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैङलोरलाइ ६ विकेटले पराजित गरेको छ ।

चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङ गरेको बैङलोरले २० ओभरमा चार विकेट गुमाउदै एक सय ७५ रन बनाएको थियो ।

उसका लागि कप्तान विराट कोहलीले अविजीत ६८ र ब्रेन्डन म्याकुलमले ३८ रन बनाएका थिए । क्विन्टन डि ककले २९ र मंदिप सिंहले १९ रन जोडे । कोलकत्ताका आन्द्रे रसेलले तीन विकेट लिएका थिए ।

एक सय ७६ रनको लक्ष्य कोलकत्ताले पांच वल बाकी रहदा पुरा गर्यो । क्रिस लिनले अविजीत ६२, रविन उथप्पाले ३६ र सुनिल नरिनले २७ रन बनँएपछि कोलकत्ताले सहज जीत हात पार्यो ।

कप्तान दिनेश कार्तिकले पनि दश वलमा २३ रन जोड्दै लक्ष्य पुरा गर्न मदत गरे । जारी आइपिएलमा कोलकत्ताको यो आड खेलमा यो चौथो जीत हो ।

बैङलोरको सात खेलमा पाचौ हार हो । हिजै भएको पहिलो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाइ एघार रनले हराएको थियो । आज चेन्नाइ सुपर किंस र दिल्ली डेयर डेभिल्स बीच खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest