आइपिएलमा दिल्लीको अर्को हार, चेन्नेई शिर्षस्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग अन्तर्गत चेन्नेई सुपर किङ्सले अर्को जित निकालेको छ । गएराति भएको खेलमा दिल्लीलाई १३ रनले हराउँदै चेन्नई पुनः लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

कप्तान परिवर्तन भएपछि राम्रो कमब्याक गरेको दिल्लीले चेन्नेई विरुद्ध भने राम्रो खेल्न सकेन । टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नेईले २० ओभरमा ४ विकेट गुमाउँदै दुई सय ११ रन बनायो ।

उत्कृष्ट सुरुवात गरेको चेन्नईका लागि सेन वाटसन र फाफ डुप्लिसिसले पहिलो विकेटका लागि एक सय २ रनको साझेदारी गरेका थिए ।

जसमा डुप्लिसिस ३३ रनमा आउट भए भने सेन वाटनसले विस्फोटक ७८ रन बनाए । यस्तै कप्तान महेन्द्रसिंह धोनीले पनि ५१ रन बनाउदा अम्बाती राईडुले ४१ रन जोडे ।

जवाफमा दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदा एक सय ९८ रनमा रोकियो ।

उसका लागि रिशव पन्तले ७९ तथा विजय शंकरले ५४ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन । उसका लागि कोलिन मुर्नोले २६ र कप्तान श्रेयस ऐयरले १३ रन थपे ।

प्रतियोगितामा ८ खेल खेलेको चेन्नेईको १२ अंक छ भने समान खेलबाट ४ अंक बोकेको दिल्ली पुछारमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest