Cricnepal.com
Tuesday, January 19, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

१० बर्षे क्रिकेटर सोहेलले बोकेको लक्ष्य

by cricnepal.com Staff
May 1, 2018
0

उनी मात्र दश वर्षका भए । अस्ट्रेलियाबाट नेपाल आएको एक वर्ष जति भयो । तर जब बोल्न थाल्छन लाग्छ कुनै परिपक्क र ब्यवसायिक खेलाडी बोलिरहेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने सपना सहित नेपाल आएका सोहेल कुंवर काठमान्डौमा जारी अन्डर सिक्सटिन प्रतियोगितामा सवैको आकर्षण बने । भरै उनको टिम सेमिफाइनलमा पुग्न सकेन तर उनको खेल्ने शैली र अनुशासनले मैदानमा सबैलाई मोहित पार्यो ।

किर्तिपुर स्थित टियु मैदानमा अहिले मनमोहन स्मृति प्रदेश स्तरिय अन्डर सिक्सटिन क्रिकेट प्रतियोगिताका सबै भन्दा आकर्षणका पात्र थिए सोहेल कुवर । उमेरले सानो भएपनि बोलिमा निकै परिपक्कता थियो उनिमा । प्रदेश नम्बर चारको प्रतिनिधित्व गरेर खेलेका सोहेलको टिम समुह चरणबाट नै बाहिरीदा उनि भने ढुक्कले भनिरहेका थिए ठिकै छ अर्को प्रतियोगितामा राम्रो खेलौला ।

यति सानो उमेरमा नै आफ्नो जीवनको लक्ष्य निर्धारण गरिसकेका सोहेल भन्छन क्रिकेट विना बाच्न सक्दिन । क्रिकेट मेरो प्यासन हो, बाँया हाँते ब्याट्सम्यान सोहेलको उमेर सानो भएपनि परिपक्क खेलाडी जसरी बोल्छन । उनको बडि ल्याङग्वेज, अनुशासन र खेलप्रतिको लगावले उनको फ्यान संख्या दिनदिनै बढीरहेको छ ।

अष्ट्रेलियाले समात्न सिकायो ब्याट

नेपालमै जन्मिएका सोहेल ६ महिना हँदा बाबुआमासँग अष्ट्रेलिया पुगे । उनले ३ वर्षको उमेरदेखि ड्युजबल खेल्न थालेका रहेछन् । उनका बुवा सुरज कुँवर भन्छन( हामी मध्यम वर्गीय भएकाले अष्ट्रेलियामा दुवैजना काममा व्यस्त हुनाले बच्चाको हेरचाहमा केही कमी भयो कि भन्ने चिन्ता लाग्थ्यो, सानैदेखि क्रिकेटप्रतिको उसको उत्साह देखेपछि मैले त्यसैका लागि सहयोग गरेँ । उनि सम्झन्छन- सानो छँदा पसलमा लगेको त्यहाँ धेरै अरु खेलकुदका सामाग्रि पनि थिए तर उनले क्रिकेट ब्याट नै समाते, त्यसपछि उनलाई यहि खेलमा लगाइ दिए ।

पिताले सोहेललाई ओवेन इगल्स क्रिकेट एकेडेमीमा भर्ना गरिदिए जतिबेला उनी ३ वर्षका थिए । त्यसयता करिव ८ वर्षसम्म अष्ट्रेलियामा रहेर क्रिकेट सिक्दा उनले आफूलाई उमेर समूहमा उपल्लो दर्जाको खेलाडीको रुपमा विकास गरे । अष्ट्रेलियामा आफ्नो स्थानीय टिम एशफिल्डबाट सोहेलले प्रदेशस्तरीय यू–१० प्रतियोगिता पनि खेलेका छन् ।

अस्ट्रेलियन क्रिकेट स्टारसंग प्रशिक्षण लिएको अनुभव पनि छ सोहेल संग । सेन वाट्सन, मिचेल जोनसन, माइकल क्लार्क जस्ता खेलाडीले उनलाई प्रशिक्षण दिएका थिए । उनि भन्छन, सेन वाट्सनले लेगमा कसरी क्याच लिने, आफुलाई कसरी चनाखो गर्ने भनेर सिकाएका थिए । यस्तै जोनसनले बलिङका बारेमा केहि टिप्स दिएका थिए ।


ब्याट र बोलिमा निकै परिपक्क

सोहेल बोलेको सुन्दा लाग्छ १० बर्षे कलिलो केटो बोलेको होइन । नेपाली भन्दा धरै अङग्रेजी बोल्ने सोहेल भन्छन( पोखराबाट काठमाडौं आउनकै लागि छनोटमा पर्नु नै मेरालागि ठूलो उपलब्धी हो, पूरै मुलुकले यो प्रतियोगिता हेरेको छ, यहाँ प्रतिस्पर्धा पनि धेरै छ, म भन्दा राम्रा खेलाडीहरु पनि धेरै छन् । अब मैले राम्रो खेल्छु कि खेल्दिन, राष्ट्रिय टोलीमा खेल्ने कुरा पनि यसैले निर्धारण गर्छ ।’

सोहेल राष्ट्रिय क्रिकेट टोलीका खेलहरु पनि फलो गर्छन् । डिभिजन टूमा क्यानडाबिरुद्ध नेपालको प्रदर्शन र करण केसीले देखाएको बहादुरी उनको मनमा गढेर बसेको छ । ‘त्यो म्याच हामीले हारेको भए अहिले ओडीआई स्टाटस पाइन्थ्यो र ।

सन्दिपले त्यो गुगली

पोखरामा एकेडेमीमा क्रिकेट अभ्यास गर्दा सन्दिप पनि त्यो एकेडेमीमा पुगेका रहेछन। उनलाई सन्दिपले बल पनि गरेका थिए रे । सोहेल अहिले सम्झन्छन( सन्दिपले मलाई यस्तो गुगली गरे, मलाई पुरै धरापमा पारे । मैले त्यो बल खेल्न सकिन, अहिलेपनि त्यसले कस्तो गुगली फाल्यो भनेर सम्झिरहन्छु ।

हाँस्दै उनि भन्छन- यस्तो गुगली फाल्यो यस्तो गुगली फाल्यो म अहिलेसम्म परिशान भइरहेको छु ।

पारसलाई भेट्ने धोको

उनलाई राष्ट्रिय टिमका कप्तान पारस खड्का खुबै मन पर्छ । उनी भन्छन पारस हामी जस्ता खेलाडीका लागि सुपर स्टार हुन् । अन्तराष्ट्रिय क्रिकेट टिमका कप्तान पारसलाई भेट्ने ठुलो सपना छ । तर अहिले नभएपछि कुनै दिन भेटेमा केहि ब्याटिङ टिप्स माग्ने छु । नेपाली टिमका कप्तान जस्तै आफुलाई पनि उब्बल खेलाडी बन्ने लक्ष्यमा छु । तर त्यो सबै आफुमा भर पर्छ, कसरी भविष्यमा क्रिकेटलाई अगाडी बढाउछु ।

सोहेलको परिवार विगत १७ वर्ष देखी अस्ट्रेलियामा बस्छ । तर अहिले छोराको क्रिकेट करियरका लागि सवै नेपाल आएका छन । राष्ट्रिय टिमसम्म पुग्न नेपालमा जति सजिलो छ अस्ट्रेलियामा त्यती गाहे । अंसभव भने होइन् । तर सोहेल विकसीत र सुविधा सम्पन्न मुलुक छोडेर किन नेपाल आए त ?

सम्बन्धित समाचार

प्रदेश दुई पीएम कपको पहिलो खेलमा नै पराजित

कर्णाली प्रदेशको ऐतिहासिक जित हात

भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतको रोमाञ्चक जित

लुम्बिनीद्वारा प्रदेश दुईलाई दुई सय ५७ रनको लक्ष्य

गण्डकीले कर्णाली प्रदेशलाई दुई सय पाँच रनको लक्ष्य

बागमतीकाे पीएम कपमा लगातार दाेस्राे जित

Load More
Next Post

महेन्द्रसिह धोनीसँग मख्ख सन्दिप

बैङलोरको आइपीएलमा तेस्रो जित, मुम्बई १४ रनले पराजित

मुख्य समाचार

प्रदेश दुई पीएम कपको पहिलो खेलमा नै पराजित

कर्णाली प्रदेशको ऐतिहासिक जित हात

भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतको रोमाञ्चक जित

January 19, 2021
Match 8
Gandaki
204/10
Karnali
205/5
Scorecard | Series Home
January 19, 2021
Match 7
LUM
257/9
PRO-2
180/10
Scorecard | Series Home
January 18, 2021
Match 5
BAG
299/9
SUD
119/10
Scorecard | Series Home
January 18, 2021
Match 6
PRO-1
102/10
Gandaki
103/8
Scorecard | Series Home
January 17, 2021
Match 4
TAC
195/10
Karnali
115/10
Scorecard | Series Home
January 17, 2021
Match 3
NPC
111/10
BAG
114/3
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal