बैङलोरको आइपीएलमा तेस्रो जित, मुम्बई १४ रनले पराजित

इण्डियन प्रियिमर लिगमा रोयल च्यालेञ्जर्स बैंगलोरले तेस्रो जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बैंगलोरले मुम्बईलाई १४ रनले हरायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । बैंगलोरका लागि मनन बोह्राले ४५ रन बनाएका थिए भने ब्रेण्डन म्याकुलमले ३७ तथा विराट कोहलीले ३२ रन जोडे ।

बलिङतर्फ हार्दिक पाण्ड्याले ३ विकेट लिए भने मिचेल म्याकलेनाघन, जस्प्रित बुम्राह र मायंक माकन्डेले १–१ विकेट लिए ।

१६८ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रनमा सिमित भयो । मुम्बईका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ५० रन बनाए । यस्तै जेपी डुमिनी र क्रुनाल पाण्ड्याले २३–२३ रन बनाउँदा अन्य खेलाडी सस्तैमा आउट भए ।

मुम्बईलाई हराउनका लागि टिम साउथी, उमेश यादव र मोहमद सिराजले २–२ विकेट लिए ।

जितसँगै बैंगलोरले ८ खेलबाट ६ अंक बनाएको छ भने समान खेलबाट मुम्बईको ४ अंक छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest