४ बर्षपछि भएको यू-१६ क्रिकेटले युवा खेलाडीलाई दिलाएको अाशा

कुनैपनि देशको क्रिकेट कति ब्यवसायिक र वलियो छ भनेर मापन गर्ने आधार घरेलु संरचना हो । त्यही घरेलु संचनाको एउटा महत्वपुर्ण भाग उमेर समुहको क्रिकेट हो ।

तर नेपालमा भने उमेर समुह त्यसमा पनि अन्डर सिकसटिन प्रतियोगिता शुन्य प्राय नै छ । जसका कारण प्रतिभावान खेलाडी हराउदैछन भने राष्ट्रिय टिमको आधार पनि कमजोर बनिरहेको छ ।

निकै लामो मय पछि युवा खेलाडीले अन्डर सिक्सटिन प्रतियोगिता खेल्न पाएका हुन् । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि त्यसको असर सवै समुहको क्रिकेटमा परेको छ । तर उमेर समुह त्यसमा पनि अन्डर सिक्सटिनको गतिविधी भने शुन्य प्राय छ ।

पछिल्लो पटक चार वर्ष अघि अन्डर सिक्सटिन राष्ट्रिय क्रिकेट प्रतियोगिता भएको थियो । मलेसियामा भएको एसीसी अन्डर सिक्सटिन प्रिमियरका लागि खेलाडी छनौट गर्न प्रतियोगिता गरिएको थियो । सो प्रतियोगितामा नेपाल च्याम्पियन बनेर फर्कियो ।

अघिल्लो वर्षपनि नेपालले थाइल्यान्डमा भएको एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजनमा भाग लियो । यसको उपाधी पनि नेपालकै नाममा रह्यो । तर यो प्रतियोगिताका लागि कुनै छनौट खेल भएन् । ट्यालेन्ट हन्ट मार्फत टिम तयार गरिएको थियो । नियिमत प्रतियोगिता नहुदा धेरै खेलाडी आफ्नो क्षमता देखाउन बाट बञ्चित भएका छन ।

निजी क्षेत्रबाट संचालित एकेडेमी , केही सक्रिय जिल्ला र पुर्व खेलाडीको पहलमा राष्ट्रिय प्रतियोगिता संचालmन गर्दँ खेलाडी अभाव भने भएको छैन् ।

अन्यथा त्यस्तो केही नभए अब आगामी जुलाइमा बस्ने अन्तराष्ट्रिय क्रिकेट परिषदको बैठकले क्यानको निलम्बन फकुवा हुने अपेक्षा गरिएको छ ।

त्यसपछि बन्ने नया नेतृत्वले उमेर समुहको क्रिकेट र घरेलु संरचनालाइ वलियो बनाउने तर्फ विषेश ध्यान दिनुपर्ने खेलाडीको भनाइ छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest