एकदिवसीय बरियतामा भारतलाई उछिन्दै इङल्याण्ड शिर्ष स्थानमा

अन्तराष्ट्रिय क्रिकेट परिषद्को नयाँ बरियतामा इङल्याण्डले भारतलाई उछिनेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा इङल्याण्ड एक सय २५ अंकका साथ शिर्ष स्थानमा छ ।

यसअघि शिर्ष स्थानमा रहेको भारतलाई ३ अंकले पछि पार्दै इङल्याण्ड शिर्ष स्थानमा पुगेको हो । भारतको एक सय २२ अंक रहेको छ । सन् २०१३ पछि इङल्याण्ड आईसीसीको एकदिवसिय क्रिकेट बरितयाको शिर्ष स्थानमा उक्लिएको हो ।

यसअघि दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका तेस्रो स्थानमा पुगेको छ । चौथो स्थानमा न्युजिल्याण्ड छ । जसको दक्षिण अफ्रिका भन्दा मात्र एक अंक कम छ ।

नयाँ बरियतामा आठ अंक गुमाएको विश्व च्याम्पियन अष्ट्रेलिया एक सय ४ अंकका साथ पाँचौ स्थानमा पुगेको छ ।

यता टी–२० क्रिकेटमा शिर्ष सातमा कुनै परिवर्तन नभएपछि आठौ स्थानमा नयाँ टेष्ट मान्यता अफगानिस्तानले श्रीलंकालाई उछिनेको छ । श्रीलंका नबौ स्थानमा छ भने बंगलादेश दशौं स्थानमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest