यू-१६ क्रिकेटको उपाधि ७ नम्बर प्रदेशलाई

मनमोहन मेमोरीयल अन्डर सिक्सटिन क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्वर सातले जितेको छ । फाइनलमा प्रदेश नम्वर दुईलाई २४ रनले हराउँदै उपाधि उचाल्यो ।

किर्तीपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश सातले ३० ओभरमा ७ विकेट गुमाउँदै दुई सय आठ रन बनायो ।

४७ रन हुँदा दुई विकेट गुमाएको प्रदेश सातका लागि राहुल भण्डारीले ३८, रोशन साउदले ३७ तथा ह्ृदय विठारीले ३३ रन बनाए ।

यस्तै नरेन्द्र साउदले २०, नारायण जोशीले १९, गजेन्द्र बोहोराले १६ र सुवोस ऐयरले १४ रनको योगदान गरे । बलिङ तर्फ दुई नम्वर प्रदेशका विवेक यादवले दुई तथा विक्रम कुस्वा, संसद अली मन्सुर र निखिल सिंहले एक एक विकेट लिए ।

जवाफमा प्रदेश नम्वर दुई ३० ओभरमा नौ विकेट गुमाउँदा एक सय ८४ रनमा रोकियो । एक सय ५३ रन बनाउँदा मात्र चार विकेट गुमाएको उसले अरु ३१ रन बनाउँदा पाच विकेट खेर फाल्यो ।

उसका सुरुवात चार खेलाडीले राम्रो खेल्दा बाँकिका खेलाडी एकपछि अर्को रुपमा आउट भए । प्रदेश दुईका अमित यादवले ८० रन बनाए भने त्रितराज दाशले २७ तथा साहिल पटेले २५ रनको योगदान गरे ।

यस्तै इमरान शेखले १२ रनको योगदान गरेपनि टिमलाई हारबाट बचाउन सकेनन । दुई नम्वर प्रदेशलाई सस्तोमा रोक्न मनोेज लोथेलले ५ तथा नरेन्द्र साउदले ३ विकेट लिए ।

प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान दुई नम्वर प्रदेशका अमित यादव भने भने बेष्ट बलर सात नम्वरका नरेन्द्र साउद ठहरीए । यस्तै बेष्ट किपर सात नम्वर कै राजन सिंह बने ।

यस्तै बेष्ट फिल्डर सात नम्वर प्रदेशका ह्रिन्ड्य विठारी बने । प्रतियोगिताको म्यान अफ द सिरीज दुई नम्वर प्रदेशका विवेक यादव घोषित भए ।

विजेता सात नम्वरले दुई लाख ५० हजार रुपैयाँ हात पार्यो भने उपविजेता दुई प्रदेशले एक लाख ५० हजार प्राप्त गर्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest