आइपिएलमा दिल्लीको तेस्रो जित, राजस्थान ४ रनले पराजित

इन्डियन प्रिमियर लिग अन्तर्गत दिल्ली डेयरडेभिल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई चार रनले पराजित गर्यो ।

दिल्लीको फिरोजशाह कोट्ला मैदानमा भएको खेलमा बर्षाले प्रभावित भएको खेलमा घरेलु टिमले टस हारेर पहिले ब्याटिङ गर्दै १७ ओभरमा एक बलमा ६ विकेटको क्षतीमा एक सय ९६ रन बनाएको थियो । उसकालागि रिसव पन्तले ६९ तथा कप्तान श्रेयस ऐयरले ५० रनको योगदान गरे । यस्तै पृथ्वी शा ले ४७ रन जोड्दा विजय शंकरले १७ रन थपे ।

राजस्थान ब्याटिङमा उत्रनुअघि पुनः भारी बर्षा भएपछि खेल १२ ओभरमा झारीएको थियो । जसमा राजस्थानले एक सय ५१ रनको नयाँ लक्ष्य पायो । उसले निर्धारीत ओभरमा ५ विकेट गुमाउँदै एक सय ४६ रन बनाएपनि टिमले जित निकाल्न सकेन ।

उसका लागि जोस बट्लरले विस्फोटक ६७ तथा जोन म्याथ्यु सर्टले ४४ रन बनाए । बलिङ तर्फ दिल्लीको ट्रेन्ट बोल्टले दुई विकेट लिए । प्रतियोगितामा दिल्लीले नौ खेलबाट ६ अंक बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest