जस्टिन लेङ्गर अष्ट्रेलियाको नयाँ प्रशिक्षक

बल टेम्परीङका कारण विवादमा परेको अष्ट्रेलियन क्रिकेट टिमको प्रशिक्षकका रुपमा पूर्व खेलाडी जस्टिन ल्याङगर नियुक्त भएको छन ।

बल टेम्परिङका कारण कप्तान स्टिभ स्मिथ सहित प्रशिक्षक डारेन लेहमनले राजिनामा दिएपछि रिक्त रहेको प्रशिक्षकको पदमा ल्याङगरलाई नियुक्त गरिएको हो । अष्ट्रेलियन क्रिकेट बोर्डले लामो समयको अध्ययन पछि ल्याङगरलाई यो जिम्मेवारी दिएको हो ।

अष्ट्रेलियन क्रिकेट बोर्डले ल्याङगरलाई चार बर्षका लागि प्रशिक्षकको जिम्मेवारी दिएको हो । डारेन प्रशिक्षकमा हुँदा ल्याङगर उनको सहयोगिका रुपमा काम गरेका थिए । २०१३ मा डारेनले अष्ट्रेलिन क्रिकेट टिमलाई सम्हालेपछि क्रिकेट इतिहासकै सबै भन्दा आलोचित घटना दक्षिण अफ्रिकामा भएपछि नैतिकताका आधारमा उनले राजिनामा दिएका थिए ।

टिमका कप्तान स्टिभ स्मिथसँगै अरु दुई खेलाडी प्रतिबन्धमा परेपछि उनले आफु टिममा बसिरहन उचित नभएको बताएका थिए । डारेनले राजिनामा दिन अगाडी नै २०१९को एसेस टेष्टपछि पद त्याग्ने घोषणा गरिसकेका थिए ।

ल्याङगरले अष्ट्रेलियाबाट खेलाडीका रुपमा एक सय ५ टेष्टमा सात हजार ६ सय ९६ रन बनाएका थिए । उनले २००७ मा खेलाडी जीवनबाट सन्यास लिएका थिए ।

४७ बर्षे ल्याङगरले घरेलु प्रतियोगिता विग ब्यास लिगमा सोचेर्सलाई तीन वटा र वस्र्टन अष्ट्रेलियालाई दुई वटा उपाधि दिलाएका थिए । प्रशिक्षकमा नियुक्त भएपछि ल्याङगरले राष्ट्रिय टिमको प्रशिक्षक हुनपाउँदा खुसी लागेको बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest