Cricnepal.com
Tuesday, January 19, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

नयाँ स्वरुपको पर्खाइमा एनसीए, बजेट र अपनत्व लिनेको कमिले ३ बर्षदेखि बन्द

by cricnepal.com Staff
May 3, 2018
0

नेपाली क्रिकेटको आधारभुत विकाश भनेको यसको घरेलु संरचना र युवा खेलाडी उत्पादन नै हो भन्ने बुझेर नै प्रशिक्षक पुबुदु दशानायकेले पाँच वर्षअघि राष्ट्रिय क्रिकेट एकेडेमी सञ्चालनमा ल्याए । तामझामका साथ सुरु भएको एकेडेमी दुई बर्षसम्म त चल्यो तर त्यसपछि बजेट अभाव र ब्यवस्थापकीय कमजोरीका कारण बन्द भएको छ ।

निजी क्षेत्रबाट अन्डर सिक्सटिन राष्ट्रिय स्तरको प्रतियोगिता संचालन भइरह“दा मैदान छेउमा रहेको जिर्ण भवन जो केहि बर्ष अगाडीसम्म निकै चहलपहल हुने गथ्र्यो । उमेर समुहका खेलाडी उत्पादन गर्ने उद्देश्यले पांच वर्षअघि तत्कालिन सदस्यसचिव युवराज लामाले तामझामका साथ उद्घाटन गरेर निरिक्षणपनि गरे । तर ठोस बजेट र योजना नहुदा समयसंगै यसले पनि पाइला चाल्न छोड्यो ।

स्थापना भएको चार सिजनसम्म त यसले जसोतसो खेलाडीलाई प्रशिक्षण दियो तर नेपाल क्रिकेट संघ, आइसीसीको निलम्बनमा परेपछि सवभन्दा पहिले यहि एकेडेमी त्यसको मारमा पर्यो र पुर्ण रुपमा बन्द भयो ।

अन्तराष्ट्रिय प्रतियोगिता खेलेर वानडे मान्यता पाएपनि क्यान निलम्बनले नेपालको घरेलु संरचनालाइ कसरी धमिरा लगाइरहेको छ भन्ने बुझन यही भवनको दयनिय अवस्थालाइ हेरे पुग्छ । क्यानको कुनै आर्थिक सहयोग नपाएको एकेडेमीले चार सिजनमा १५ सय भन्दा बढी खेलाडीसम्म क्रिकेटको पंहुच पुर्यायो । यस अवधिमा स्तरिय खेलाडी उत्पादन पनि भए ।

यसबारेमा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान विनोद दाश भन्छन त्यो बेलाको प्रतिफल यतिबेला देखिएको छ । जुन लक्ष्यका साथ हामीले एनसीएमा खेलाडीलाई प्रशिक्षण दिएर पहिलो ब्याच बनाएका थियौ तिनै युवा खेलाडी यतिबेला उमेर समुहमा राम्रो गरिरहेका छन । तर यतिबेला अर्को ब्याच बनाउन नसक्दा त्यसको असर उमेर समुहका खेलाडी छनोटमा परिरहेको छ ।

निजी क्षेत्रका एकेडेमी भए पनि संघकै एकेडेमीको महत्व विशेष मानिन्छ । यसको अभाव खेलाडीले बाहेक हरुले बुझ्न सक्दैन ।

अन्डर सिक्सटिन खेल्न आएका खेलाडीको गुनासो छ एनसीए भएको भए हामीलाई प्रशिक्ष्ँणमा बोलाउथ्यो, हामीले पनि केही सिक्ने मौका पाउथ्यौ । तर एनसीए बन्द भएकाले युवा खेलाडीलाई राम्रो प्रशिक्षण गर्ने अवसर कम भएको छ ।

यो एकेडेमीले क्रिकेटमा करियर बनाउने सपना बोकेका सयौ खेलाडीमा उत्साह थपेको थियो । देशभरी विस्तार गर्ने लक्ष्य राखिएको एकेडेमीमा प्रशिक्षणका लागि नौ जना प्रशिक्षक राखिएका थिए ।

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटाको भनाई मान्ने हो भने यतिबेला अन्डर सिक्सटिन र यू–१९ खेलाडी छनोटका लागि एकेडेमी नहुदा कठिन भएको छ । जिल्ला र प्रदेशका विभिन्न स्टेसनबाट खेलाडी टिपेर क्याम्पमा राखिने गरेको छ । यदि एकेडेमी भएको भए खेलाडी छनोटमा ठुलो सहयोग हुने थियो ।

तर क्यान निलम्बनपछि कसको मातहतमा रहने भन्नै अन्यौल भयो । यसको सजिलो समाधान भइदियो, एकेडेमी नै बन्द गर्ने । आइसीसीले निलम्बन पछि पनि नेपाललाइ अन्तराष्ट्रिय क्रिकेट खेल्न त दियो तर यसबीचमा नेपालले धेरै गुमाइसकेको छ । राम्रो कामको सुरुवात हुन्छ तर त्यसले निरन्तरता नपाउने नेपाली खेलकुदको पुरानै रोग हो ।

सम्बन्धित समाचार

प्रदेश दुई पीएम कपको पहिलो खेलमा नै पराजित

कर्णाली प्रदेशको ऐतिहासिक जित हात

भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतको रोमाञ्चक जित

लुम्बिनीद्वारा प्रदेश दुईलाई दुई सय ५७ रनको लक्ष्य

गण्डकीले कर्णाली प्रदेशलाई दुई सय पाँच रनको लक्ष्य

बागमतीकाे पीएम कपमा लगातार दाेस्राे जित

Load More
Next Post

आइपीएलमा कोलकाताद्वारा चेन्नेई ६ विकेटले पराजित

नेपाली ४ महिला खेलाडी क्रिकेट खेल्न न्युजिल्याण्ड जाँदै

मुख्य समाचार

प्रदेश दुई पीएम कपको पहिलो खेलमा नै पराजित

कर्णाली प्रदेशको ऐतिहासिक जित हात

भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतको रोमाञ्चक जित

January 19, 2021
Match 8
Gandaki
204/10
Karnali
205/5
Scorecard | Series Home
January 19, 2021
Match 7
LUM
257/9
PRO-2
180/10
Scorecard | Series Home
January 18, 2021
Match 5
BAG
299/9
SUD
119/10
Scorecard | Series Home
January 18, 2021
Match 6
PRO-1
102/10
Gandaki
103/8
Scorecard | Series Home
January 17, 2021
Match 4
TAC
195/10
Karnali
115/10
Scorecard | Series Home
January 17, 2021
Match 3
NPC
111/10
BAG
114/3
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal