आइपीएलमा कोलकाताद्वारा चेन्नेई ६ विकेटले पराजित

इन्डियन प्रिमियर लिगमा कोलकाता नाइटराइडर्सले पाँचौ जित निकालेको छ । गएराति भएको खेलमा चेन्नेई सुपर किङसलाई ६ विकेटले हराउँदै कोलकाता लिगको तेस्रो स्थानमा उक्लियो ।

घरेलु मैदानमा भएको खेलमा कोलकाताले टस जितेर पाहुना टिमलाई ब्याटिङको निम्तो दिएको थियो । जसमा चेन्नेईले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ७७ रन बनायो ।

उसका लागि कप्तान महेन्द्रसिंह धोनीले अविजित ४३ रन बनाउदा सेन वाटसनले ३६ तथा सुरेश रैनाले ३१ रन बनाए । यस्तै फा डुप्लिसिसले २७ र अम्बाती राइडुले २१ रनको योगदान गरे ।

बलिङ तर्फ पिउस चाउला र सुनिल नारेनले दुई दुई विकेट लिए ।

जवाफमा सुरुवात राम्रो गर्न नसकेको कोलकाताले १७ ओभर ४ बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

१२ रनमा पहिलो विकेट गुमाएको कोलकाताले ४० रन हुदा दुई विकेट खेर फालेको थियो । तर उसको जितमा शुंभम गिलले ५७ तथा कप्तान दिनेश कार्तीले ४५ रन बनाए ।

यस्तै सुनिल नारेनले ३२ र रिंकु सिंहले १६ रनको योगदान गरे । जितपछि कोलाकाताले नौ खेलबाट १० अंक बनाएको छ भने यसअघि शिर्ष स्थानमा रहेको चेन्नेई रन रेटका आधारमा हैदरवादभन्दा पछि पर्दै दोस्रो स्थानमा झरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest