नेपाली ४ महिला खेलाडी क्रिकेट खेल्न न्युजिल्याण्ड जाँदै

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी चार सदस्य तथा एपिएफ क्लवकी खेलाडी न्युजिल्याण्ड जाने भएकी छिन ।

एपिएफ क्रिकेट टिमको स्वंयमसेवक प्रशिक्षकका रुपमा नेपाल आएका बेलायतका जोन चाप्सले विनु बुढाथोकी, सिता रानामगर, सरिता भण्डारी, करुणा भण्डारीलाई क्रिकेट खेल्नका लागि न्युजिल्याण्ड लाने भएका छन ।

जसमा नेपाली चार खेलाडीसँगै १२ बंगलादेशी खेलाडी पनि हुनेछन । सेप्टेम्बर १२ देखि २९ सम्म दुई देशका खेलाडीले न्युजिल्याण्डमा कम्तीमा १० खेल खेल्नेछन ।

प्रशिक्षक चाप्सका अनुसार बंगलादेश र नेपाली खेलाडी सम्मिलित टिमले स्थानीय टिमसँग खेल्ने र क्लवको नाम पनि फाइनल भइसकेको बताए ।

नेपाली खेलाडी यो टुरका लागि १२ सेप्टेम्बरमा न्युजिल्याण्डको अकल्याण्ड पुग्नेछ । त्यसको दोस्रो दिन क्राइस्टचर्च जानेछ ।

नेपाल र बंगलादेशको संयुक्त टिमले १५ तारिखमा स्थानिय टिम लेस्टोनसँग खेल्नेछ । त्यसपछि टिम अकारो जानेछ जसमा १८ तारिखमा टी–२० खेल खेल्नेछ । त्यसपछि अरु चार स्थानमा गएर पनि मैत्रीपुर्ण खेल खेल्ने पुर्व योजना रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest