अफगानिस्तानको पहिलो टेष्टका बेला कोहली अर्को प्रतियोगिता खेल्ने

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अफगानिस्तान विरुद्धको टेष्ट श्रृखंला नखेल्ने भएका छन ।

इग्ल्याण्डको काउन्टि क्रिकेट क्लव सुर्रे क्लवसँग आधिकारीक सम्झौता गरेका कारण उनले जुनमा हुने अफगानिस्तान विरुद्धको टेष्ट नखेल्ने भएका हुन । टेष्ट मान्यता पाएपछि अफगानिस्तानले पहिलो टेष्ट भारत विरुद्ध खेल्ने यसअघि नै तय भएपनि विराटले भने जानी जानी लण्डनमा काउन्टी खेल्ने निर्णय गरेका हुन ।

कोहलीले करियरमा पहिलो पटक राष्ट्रिय टिमबाट टेस्ट श्रृखंला गुमाउने भएका छन । भारतीय टिमका कप्तानसमेत रहेका कोहलीले लण्डनमा हुने तीन दिवसिय काउन्टीका लागि विहिबार सम्झौता गरेका हुन । यो प्रतियोगितामा सुर्रेसँगै ह्याम्सायर, सोमरसेट र योर्कसायर रहेका छन ।

यता भारतले अफगानिस्तान विरुद्ध जुन १४ मा बैङलोरमा पहिलो टेष्ट खेल्नेछ । विराटसंगै चेतेश्वर पुजारा, इसान्त शर्मा, बरुन अरोरालाई पनि काउन्टी खेल्न भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अनुमती दिउको छ । सुर्रेसँग सम्झौता पछि कोहलीले इग्ल्याण्डमा काउन्टी खेल्ने आफनो ठुलो लक्ष्य भएको र अहिले आएर पुरा भएकोमा खुसी ब्यक्त गरे ।

भारतले जुलाईमा इग्ल्याण्डसँग तीन टी–२० र एकदिवसिय सिरीजका साथै ५ टेष्ट म्याचको श्रृखंला खेल्नेछ । सो बेला भने कोहली टिममा फर्कने बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest