आइपीएलमा मुम्बईद्वारा पञ्जाव ६ विकेटले पराजित

इन्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत गएराती भएको खेलमा मुम्बई इन्डियन्सले किंस इलाभेन पंजावलाई ६ विकेटले पराजित गरेको छ ।

इन्दोर स्थित होल्कर क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको पंजावले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ७४ रन बनाएको थियो ।

उसका लागि क्रिस गेलले ५०, लोकेश २४, करुण नैरले २३, युवराज सिंहले १४ र अक्सर पटेलले १३ रन बनाएका थिए ।

मार्कस स्टोइन्सले २९ रनमा अविजीत रहे । मुम्बइका मिचेल मेक्लेघन, जसप्रित बुमराह, हार्दिक पांड्या, बेन कटिङ र मयंक मार्कन्डेले एक एक विकेट लिए ।

जवाफमा एक सय ७५ रनको लक्ष्य मुम्बइले १९ ओभरमा चार विकेटको क्षतीमा पुरा गर्यो । सुस्त सुरुवात गरेको मुम्बइको जीतमा क्रुनाल पान्डे र रोहित शर्माले जीत दिलाए ।

मुम्बइलाई अन्तिम चार ओभरमा जीतका लागि ५० रन चाहिएको थियो । क्रुनालले १२ वलमा ३१ र रोहितले १५ वलमा २४ रन हिर्काएपछि मुम्बइले जारी आइपिएलमा तेस्रो जीत हात पार्यो ।

यसका अलावा सुर्य कुमार यादवले ५७ रनको महत्वपुर्ण पारी खेले । इसान किसनले २५ र हार्दिक पान्ड्याले २३ रनको योगदान दिए ।

पंजावका मुजीर उर रहमानले दुइ विकेट लिए । जीतपछि मुम्बइ नौ खेल बाट ६ अंक जोड्दै अंक तालिकाको पांचौ स्थानमा उक्लिएको छ ।

पंजाव आठ खेल बाट दश अंकका साथ चौथो स्थानमा छ । आइपिएलमा आज चेन्नाइ सुपर किंस र रोयल च्यालेन्जर्स बैङलोर तथा सनराइसर्ज हैदराबाद र दिल्ली डेयर डेभिल्स बीच खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest