चेन्नेईद्वारा बैङलोर ६ विकेटले पराजित

इन्डियन प्रिमियर लिगमा चेन्नेई सुपर किङ्सले सातौ जित निकालेको छ । आज भएको खेलमा रोयल च्यालेञ्जर्स बैङलोरलाई ६ विकेटले हराउँदै लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

पुनेमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बैङलोरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय २७ रन बनायो । खराव सुरुवात गरेको बैङलोरले नौ रन हुँदा पहिलो विकेट गुमायो ।

त्यसपछि ७३ रन हुँदा चार विकेट गुमाएको बैङलोरले ८५ रन हुँदा ६ विकेट खेर फाल्यो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

जसमा ओपनर पार्थिव पटेले ५३ रन बनाउँदा टिम साउदीले ३६ रनको योगदान गरे । बाकि खेलाडी एकपछि अर्को रुपमा आउट भए । बलिङ तर्फ चेन्नेईका रविन्द्र जडेजाले तीन तथा हरभजन सिंहले दुई विकेट लिए ।

जवाफमा चेन्नेईले १८ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । १८ रनमा पहिलो विकेट गुमाएको चेन्नेईले ८० रन बनाउँदा चार विकेट खेल फाल्यो ।

चेन्नेईका लागि अम्बाती राईडुले ३२ तथा कप्तान महेन्द्रसिंह धोनीले ३१ र सुरेश रैनाले ३२ रनको योगदान गरे । यस्तै ड्वायन ब्राभोले १४ रन थपे । १० खेलबाट चेन्नेईको १४ अंक भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest