कोलकातामाथि मुम्बईको १३ रनको जित

इन्डियन प्रिमियर लिग आईपीलको ३७ औँ खेलमा मुम्बई इन्डियन्सले कोलकत्ता नाईडराईड्सलाई १३ रनले पराजित गरेको छ ।

१८२ रनको लक्ष्य पक्ष्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ मात्र रन बनाउन सक्यो । उस्का लागि रविन उपथ्थाले ५४, नितेश रानाले ३१ तथा कप्तान दिनेश कार्तिकले ३६ रन बनाए ।

मुम्बईका लागि हार्दिक पाण्डेले दुई विकेट लिए ।। यस अघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको थियो ।

उसका लागि ओपनर सुर्य कुमार यादवले ५९,इभिन लुईसले ४३ तथा हार्दिक पाण्डेले ३५ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याटम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । कोलकत्ताका लागि आन्द्रे रुसेल र सुनिल नारायनणले समान दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest