आइपिएलमा पञ्जावको अर्को जित, राजस्थान प्लेअफबाट लगभग बाहिर

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा किङ्स इलावेन पञ्जावले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ । जितसँगै पञ्जाव लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

इन्दोरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५२ रन बनायो ।

उसका लागि जोस बट्लरले ५१ तथा सञ्जु सामसनले २८ र श्रेयस गोपालले २४ रन बनाए । सुरुवात राम्रो गर्न नसकेको राजस्थानले ३ रनमा पहिलो विकेट गुमाएको थियो भने एक सय रन बनाउँदा ४ विकेट खेर फालेको थियो ।

त्यसपछि अरु ५२ रन जोडदा थप पाच विकेट गुमायो । बलिङतर्फ पञ्जावका मजिव उर रहमानले तीन तथा एन्र्डु तेइले दुई विकेट लिए ।

जवाफमा पञ्जावले ८ बल बाकि हुँदा ४ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । ८७ रन बनाउँदा चार विकेट गुमाएको पञ्जावको जितमा लोकेश राहुलले विस्फोटक ८४ रन बनाए भने करुन नायरले ३१ तथा मार्कुस स्टोनीसले २३ रनको योगदान गरे ।

नौ खेल खेलेको पञ्जाले १२ अंक बनाएको छ भने पुछारमा रहेको राजस्थानको ६ अंक छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest