डेनमार्क र युगान्डा डिभिजन ३ मा पुग्दा विश्वकप खेलेको बर्मुडा डिभिजन ५ मा पुग्यो

युगान्डा र डेनमार्क डिभिजन ४ बाट ३ मा उक्लिएका छन । मलेसियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन ४ प्रतियोगितामा अंकतालिकामा शीर्ष २ मा रहँदै दुबै टिम डिभिजन ३ मा पुगेका हुन ।

प्रतियोगिताको अन्तिम दिन युगान्डाले जर्सीलाई ७ रनले र मलेसियाले बर्मुडालाई ८९ रनले पराजित गरे पछि युगान्डा र डेनमार्क माथिल्लो डिभिजनमा बढुवा भए ।

युगान्डाले जर्सीलाई हराएसँगै अंकतालिकामा ५ खेलबाट ४ जित र एकहार सहित ८ अंकका साथ प्रतियोगिताको बिजेता भयो भने मलेसियाले बर्मुडालाई पराजित गरेपनि समान ६ अंक रहेपनि नेट रनरेटको आधारमा डेनमार्क अघिल्लो चरणमा प्रवेश गरेको हो ।

यस्तै तेस्रो र चौथो स्थानमा रहँदै मलेसिया र जर्सी डिभिजन ४ मा यथावत रहे भने भानुवाटा र बर्मुडा डिभिजन ५ मा झरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest