डिपिएलको आम्दानी र खर्च बराबर

धनगढीमा भएको धनगढी प्रिमियर लिगमा आम्दानी र खर्च बराबर भएको छ ।

आयोजक डीसीएका अध्यक्ष सुवास शाहीले डीपीएल-२ मा ३ करोड १२ लाख ७६ हजार आम्दानी भएको र सोही बराबरकै खर्च भएको बताए।

उनले मुख्यप्रायोजक वाफत ३५ लाख, सहप्रायोजन र प्रवर्धकहरुबाट ७१ लाख, प्रायोजकहरुबाट २२ लाख, टिकटबाट १० लाख आम्दानी गरेको बताए ।

यस्तै खर्चमा पुरस्कारवाफत ५१ लाख, हस्पिटालिटीमा १३ लाख, अतिथी सत्कारमा २ लाख, खेल मैदान निर्माणमा १९ लाख ७१ हजार, प्याराफिट निर्माणमा १० लाख रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest