आइपिएलमा राजस्थानद्वारा पञ्जाव १५ रनले पराजित

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले किङस इलावेन पञ्जावलाई १५ रनले हराएको छ ।

जयपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ५८ रन बनायो ।

राजस्थानका लागि जोस बटलरले ८२ रन बनाए भने सन्जु सामसनले २२ तथा बेन स्टोकले १४ र स्टुवार्ट विनीले ११ रनको योगदान गरे ।

३७ रन हुँदा पहिलो विकेट गुमाएको राजस्थानले एक सय १७ रन हुदा तीन विकेट खेर फालेको थियो । त्यसपघि अरु ४१ रन जोड्दा ५ विकेट झार्यो । बलिङ तर्फ एन्र्डु तेइले ४ विकेट लिए ।

जवाफमा पञ्जावले २० ओभरमा सात विकेट गुमाउँदा एक सय ४३ रनमा रोकियो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

निकै खराव सुरुवात गरेको पञ्जावले १४ रनमा पहिलो विकेट गुमायो । त्यसपछि एक पछि अर्को विकेट गुमाएको पञ्जावले ६६ रन बनाउँदा ५ विकेट खेर फाल्यो ।

उसका लागि ओपनर लोकेश राहुलले ९५ रन बनाउदा अरु खेलाडी एकोहोरो रुपमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest