घरेलु क्रिकेटको एकमात्र एकदिवसिय प्रतियोगिता जेठ १३ बाट

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा जेठको दोस्रो साता देखि एकदिवसिय क्रिकेट प्रतियोगिता हुने भएको छ । कुल १० टिमको सहभागिता रहेको प्रतियोगितामा ७ प्रदेश र तीन विभागिए टिम रहेका छन ।

काठमाडौमा आज आयोजना गरिएको कार्यक्रममा घरेलु क्रिकेटमा एकमात्र एकदिवसिय क्रिकेट प्रतियोगिताको मिती तोकिएको हो । जसअनुसार जेठ १३ गतेदेखि २९ गतेसम्म हुने भएको छ ।

नेपालय इन्टरनेश्नलको ब्यवस्थापनमा हुने प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछ ।

प्रधानमन्त्री एकदिवसिय क्रिकेट नाम दिइएको प्रतियोगितामा सहभागि १० टिमलाई दुई समुहमा विभाजन गरेर खेलाइनेछ ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको दुई समुहको शिर्ष दुई टिमले सेमिफाइनल खेल्नेछन । कुल एक करोड ८० लाख रुपैयाँ बजेट रहेको प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदले ६५ लाख उपलब्ध गराएको छ ।

प्रतियोगिताको समुह ए मा दुई विभागिए टिम त्रिभुवन आर्मी र एपिएफसँगै प्रदेश नम्वर एक, दुई र चार रहेका छन । यस्तै समुह बी मा नेपाल पुलिससँगै प्रदेश नम्वर तीन, पाँच, छ र सात रहेका छन ।

प्रतियोगिताको म्यान अफ द सिरीजले एक लाख रुपैयाँ पाउनेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपैया हात पार्नेछन । यस्तै उदयीमान खेलाडीले १५ हजार प्राप्त गर्नेछन । प्रतियोगिता किर्तीपुर र मुलपानीको मैदानमा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest