दिल्ली विरुद्ध हैदरावादको उत्कृष्ट जित

इन्डियन प्रिमियर लिगमा गएराति भएको खेलमा दिल्ली डेयरडेभिल्सले अर्को हार ब्यहोरेको छ । प्लेअफबाट बाहिरीसकेको दिल्ली सनराइजर्स हैदरावादसँग नौ विकेटले पराजित भयो ।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा पाच विकेट गुमाउदै एक सय ८७ रन बनाएको थियो ।

उसका लागि रिसव पन्तले विस्फोटक सतक प्रहार गरे । ६३ बल खेलेका रिसवले अविजीत एक सय २८ रन बनाए । यस्तै हर्षल पटेलले २४ रन जोडे ।

तर कमजोर बलिङका कारण दिल्लीले रिसवको सतक खेर फाल्यो । हैदरावादले १८ ओभर ५ बलमा मात्र एक विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

१५ रनमा पहिलो विकेट गुमाएको हैदरावादका लागि कप्तान केन विलियम्सन र शिखर धवनले एक सय ७६ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए ।

धवनले अविजीत ९२ रन बनाए भने विलियम्सनले ८३ रनको योगदान गरे । जितपछि हैदरावादले ११ खेलबाट १८ अंक बनाउदै शिर्षस्थामा पकड जमाएको छ । ब

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest