मोदीको बोलीमा सन्दिपको नाम

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले यसे सिजन आईपीएलमा आवद्ध भएका नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको प्रशंशा गरेका छन् ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन समारोहलाई शनिबार राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै मोदीले नेपाली क्रिकेटर पहिलो पटक आईपीएलमा पुगेको आफुले सुनेको बताए ।

नेपाल र भारतबीच नागरिकस्तरमै आपसी भाइचारा र सम्बन्धबारे बोलिरहँदा मोदीले आईपीएल खेल्ने सन्दिपलाई पनि सम्झिए । मैले सुनेको छु, नेपाल पनि आईपीएलमा जोडिएको छ । सन्दिप लामिछाने आइपीएल टोलीमा छन् । क्रिकेट मात्र होइन अन्य खेलकुदमा पनि दुई मुलुकका खेलाडीबीच यस्तै हुनुपर्छ ।’ मोदीले सम्बोधनका क्रममा भने ।

१७ वर्षीय लेग स्पिनर सन्दिप आईपीएल टोली दिल्ली डेयरडेभिल्समा २० लाख भारुमा अनुबन्धित भएका थिए । उनी अहिले दिल्लीको टिमसँगै छन् । आईपीएलको ११ खेल खेलिसक्दा दिल्लीले अहिलेसम्म सन्दिपलाई प्लेइङ सेटमा राखेको छैन ।

दिल्लीले शनिबार (आज) रोयल च्यालेञ्जर्स बैंगलोरसँग घरेलु मैदानमा खेल्दैछ । यस खेलमा सन्दिपले टिममा मौका पाउने अपेक्षा गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest