आईपिएलमा सन्दिपको डेब्यु

दिल्ली डेरडेविल्समा रहेका १७ बर्षिया नेपाली क्रीकेटर सन्दीप लामिछानेले आज आफ्नो पहिलो खेल खेल्ने मौका पाएका छन । इन्डियन प्रिमियर लिगका लागि भारतमा रहेका लामिछाने पहिलो पटक आज दिल्ली प्लेइङ ११ मा परेका हुन ।

लिगमा ११ खेल खेलेको दिल्ली प्लेअफबाट करीव करीव बाहिरीसकेको छ । उसले कुल ३ खेलमा मात्र जित निकाल्न सकेको छ ।

टिमको तालमेल राम्रो नहुदा एकपछि अर्को हार ब्यहोरेको दिल्लीमा २० लाख भारुमा अनुबन्ध भएका सन्दिपलाई आज पहिलो मौका मिलेको छ । उनी नेपालबाट आइ पि एल खेल्ने पहिलो खेलाडी हुन ।

आफनो क्षमता विश्वमाझ देखाउने उपयुक्त मौका सन्दिपले आज पाएका छन । दिल्लीले आज रोयल च्यालेन्जर्स सँग १२ औँ खेल खेल्ने छ । आजको खेलमा विदेशी खेलाडी ट्रेन्ट बोल्टलाई आराम दिइएको छ ।

उनको स्थानमा सन्दिपलाई टिममा राखिएको छ । यस्तै टिममा तीन विदेशी खेलाडीलाई बाहिर राखिएको छ ।

दिल्ली डेरडेविल्सले आफ्नो ट्विट्टर मार्फत प्लेयिङ ११ केहि बेर अगाडी मात्र सार्बजनिक गरेको थियो । यस लगत्तै नेपाली क्रीकेटका कप्तान पारस खड्काले पनि सन्दिपलाई ट्विटर मार्फत बधाई दिएका छन ।

यसै गरी सोसल मिडियामा उनलाई थुप्रै बधाई तथा शुभकामना आउने क्रम जारी छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest