सन्दीप लामिछानेले पहिलो खेल्मै लिए विकेट

१७ बर्षिया नेपाली क्रीकेटर सन्दीप लामिछानेले आज दिल्ली डेरडेविल्स बाट पहिलो खेल खेल्दै छन ।

आफ्नो पहिलो खेल खेल्ने मौका पाएका उनले दोस्रो ओवर मै रोयल च्यालेन्जर्स का ओपनर पार्थिव पटेललाई एल बि डब्लु आउट गर्दै विकेट लिन सफल भए ।

दिल्ली डेरडेविल्सले पहिलो पारीमा केबल ४ विकेट गुमाएर १८१ रन बनाउन सफल भएको थियो । मोईन अलि र पर्थिव पटेल ओपनिङ गर्न आए लगत्तै सन्दीपलाई बल थमाइयो ।

लामिछानेले आफ्नो पहिलो ओवरमा २ रन (१, ०, १, ०, ४ (बाइ), ०) दिए । दोस्रो ओवर मा उनले ५ रन (०, १, ४, ० आउट, ०, ० ) दिदै पार्थिव पटेललाई आउट गर्न सफल भए ।

यस्तै, उन्को तेस्रो ओवर भारतिय टिमका कप्तान विरात कोहली र दक्षिण अफ्रीकाका ए वि डेविल्लिएर्स सामु थियो । जस्मा उन्ले ८ रन (४, ०, १, १, १, १) दिएका थिए ।

चौथो तथा अन्तिम ओवरमा १० रन (१,१,१,१, ६,०) दिदै आफ्नो ४ ओवर मा २५ रन अनि १ विकेट लिन सफल भए । उन्को त्यो स्पेल बिरुद्ध २ चौका र १ छक्का प्रहार भयो, तर १० बलमा भने कुनै रन दिएनन ।

https://twitter.com/nischaltiwari/status/995366568241414146

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest