आइपिएलमा सन्दिपको बलिङको सर्वत्र चर्चा

नेपाली युवा स्पिनर संदिप लामिछानेले इन्डियन प्रिमियर लिगको आफ्नो डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एक विकेट लिएका छन । तर उनको टिम दिल्ली डेयर डेभिल्स भने रोयल च्यालेन्जर्सस बैङलोर संग पांच विकेटले पराजित हुदै प्रतियोगिता बाट बाहिरियो ।

घरेलु मैदान फिरोज शाह कोट्लामा टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा चार विकेट गुमाउदै एक सय ८१ रन बनाएको थियो ।

उसका लागि रिसव पन्तले सर्वाधिक ६१ रन बनाएका थिए । ३४ वल खेलेका उनले पांच चौका र चार छक्का हिर्काए । अभिषेक शर्माले अविजीत ४६ रनको योगदान दिए । उनको पनि आइपिएलमा यो डेब्यु खेल हो । कप्तान श्रेयस ऐयर ३२ रनमा पवेलियन फर्किए । बैङलोरका युजबेन्द्र चाहलले दुइ विकेट लिए । जवाफमा एक सय ८२ रनको लक्ष्य बैङलोरले १९ ओभरमा पांच विकेट गुमँएर पुरा गर्यो ।

दिल्लीले संदिपलाइ पहिलो ओभरनै वल फाल्न दिएको थियो । संदिपले चार ओभरमा २५ रन खर्चिएर एक विकेट लिए । १७ वर्षिय संदिपले पहिलो ओभरमानै प्रभावशाली वलिङ गरेका थिए । उनले ६ रन खर्चिदा बैङलोरका ओपनर पार्थिव पटेल र मोइन अलीले खुलेर खेल्न सकेनन् । तेस्रो ओभरको तेस्रो वलमा ब्यक्तिगत ६ रन बनँएका पार्थिवलाइ एल बि डब्लुको शिकार बनाएपछि संदिप आइपिएलमा ड्रिम डेब्यु गर्न सफल भए ।

संदिपले विराट कोहली र एबि डे भिल्लियर्सलाइ पनि वलिङ गर्ने मौका पाए । दश वल डट फालेका संदिप दिल्लीका सवैभन्दा किफायती वलर सावित भए । दुइ चौका र एक छक्का खाएका संदिपको इकोनोमी ६ दशमलब दुइ पांच थियो । यद्यपी बैङलोरले सहज जीत हात पार्यो । भिल्लियर्सले अविजीत ७२ र कोहलीले ७० रन बनाएपछि बैङलोरको जीत संभव भएको थियो । ट्रेन्ट बोल्टले दुइ विकेट लिए ।

एघार खेलमा चौथो जीत हात पारेको बैङलोरको प्ले अफ पुग्ने संभावना जीवीतै छ । १२ खेलमा नवौ हार बेहोरेको दिल्ली भने समुह चरण बाटै बाहिरियो । आइपिएलमा आज चेन्नाइ सुपर किंस र सनराइजर्स हैदराबाद तथा मुम्बइ इन्डियन्स र राजस्थान रोयल्स बीच खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest