राजस्थानसँग हारेको मुम्बईको प्लेअफको यात्रा कठिन

इन्डियन प्रिमियर लिग आइपिएलमा राजस्थान रोयल्सले मुम्बइ इन्डियन्सलाइ सात विकेटले पराजित गरेको छ । हारसंगै साविक विजेता मुम्बइको प्ले अफ यात्रा कठिन बनेको छ ।

वाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको घरेलु टोली मुम्बइले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ६८ रन बनाएको थियो । मुम्बइको पारीमा इभिन लेविसले ६०, सुर्य कुमार यादवले ३८ रन हार्दिक पान्डेयले ३६ रन बनाएका थिए । राजस्थानका बेन स्टोक्स र जोफ आर्चरले दुइ दुइ विकेट लिए ।

जवाफमा एक सय ६९ रनको लक्ष्य राजस्थानले १८ ओभरमा मात्र तीन विकेटको नोक्सानीमा पुरा गर्यो । राजस्थानको सहज जीतमा जो बट्लरले अविजीत ९४ रनको योगदान दिए । शतक बाट चार रनले चुकेका बटलरले ५३ वल खेल्दै नौ चौका र पांच छक्का प्रहार गरेका थिए । अजिंक्य रहानेले ३७ रन टिमको खातामा जोडे । जीतपछि राजस्थानले प्ले अफ पुग्ने आशा कायमै राखेको छ ।

१२ खेलबाट १२ अंक जोडेको राजस्थान पांचौ स्थानमा छ । मुम्बइ भने दश अंकका साथ छैटौ स्थानमा छ । चेन्नाइ सुपर किंस र सनराइजर्स हैदराबादले प्ले अफ मा स्थान बनाइ सकेका छन । आइपिएलमा आज किंस इलोभन पंजाव र रोयल च्यालेन्जर्स बै»लोर बीच खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest