खेलकुद स्पोर्ट्स अवार्डमा क्रिकेटको बर्चश्व

नेपाल खेलुकद पत्रकार मञ्चको आयोजना हुने स्पोर्टस् अवार्डको मनोनयनमा क्रिकेट दबदबा रहेको छ । मञ्चले सार्वजनिक गरेको मनोनयनमा महिला बाहेक सबै विधामा क्रिकेटका खेलाडी र प्रशिक्षक परेका छन् ।

बर्षको उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षकमा क्रिकेटका समान २ जना मनोनयमा परेका छन् । वर्षको पुरुष खेलाडीमा कप्तान पारस खड्कासहित सन्दीप लामिछाने मनोनयमा पर्न सफल भएका छन् ।

सन्दिप पिपुल्स च्वाईस अवार्डको मनोनयमा समेत परेका छन । सन्दिप तीन वटा विधामा मनोनयमा परेका छन् । उनी वर्षको युवा खेलाडीको मनोनयमा समेत छन् । यो विधामा क्रिकेटकै दीपेन्द्रसिंह ऐरी पनि छन् ।

यस्तै राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र विनोद दास वर्षको उत्कृष्ट प्रशिक्षक विधामा मनोनयमा परेका छन् । मञ्चका सचिव राजु घिसिङ तामाङको संयोजकत्वमा रहेको खेलाडी समितिले सार्वजनिक गरेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest