आइपिएलमा बैङलोरको लगातार दोस्रो जित, प्लेअफको सम्भावना कायमै

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा रोयल च्यालेन्जर्स बैङलोरले किंस इलोभन पंजावलाइ दश विकेटको भारी अन्तरले पराजित गरेको छ ।

इन्दोर स्थित होल्कर क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको पांजाव १५ ओभर एक वलमा अल आउट हुदै ८८ रनमा समेटिएको थियो ।

ओपनर लोकेस राहुल र क्रिस गेल आउट भएसंगै पांजावको पारी ध्वस्त भएको थियो । राहुल पांचौ ओभरको तेस्रो वलमा ब्यक्तिगत २१ रनमा उमेश यादवलको वलमा क्याच आउट भएका थिए । उनी आउट हुदा पंजावको स्कोर ३६ रन थियो । सोही ओभरको अन्तिम वलमा गेल पनि यादवकै शिकार भए ।

गेल १८ रनमा मैदान बाहिरिएका थिए । त्यसपछि विकेट र्झन सुरु भएको पंजाव सम्हालिन नसक्दा क्रिनो रनमा रोकियो । आरोन फिन्चले २६ रन जोड्नु बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । बैङलोरका उमेश यादवले तीन विकेट लिए । जवाफमा उनानब्बे रनको लक्ष्य बै»लोरले आठ दशमलब एक ओभरमा विना क्षती पुरा गर्यो । उसका लागि विराट कोहलीले ४८ र पार्थिव पटेलले ४० रनको योगदान दिए ।

पंजावको हार संगै प्ले अफ समीकरण रोमाञ्चक बनेको छ । प्ले अफका लागि पंजाव, कोलकत्ता र राजस्थान रोयल्स बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । तीन टिमको १२ खेलबाट समान १२ १२ अंक छ । कोलकत्ता तेस्रो, राजस्थान चौथो र पंजाव पांचौ स्थानमा छ । सनराइजर्स हैदराबाद र चेन्नाइ सुपर किंस भने प्ले अफका लागि छनौट भइसकेका छन । आइपिएलमा आज कोलकत्ता र राजस्थान बीच खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest