नेपाल पुलिस टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

विभागिए टिम नेपाल पुलिस क्लव इटहरीमा जारी टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छ ।

इटहरीमा भएको खेलमा पुलिसले होराइजन क्रिकेट क्लव विराटनगरलाई ४ रनले हराउदै अन्तिम चारमा स्थान बनायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले २० ओभरमा नौ विकेट गुमाउदै एक सय ३६ रन बनायो । उसका लागि सिद्धान्त लोहनीले अविजीत ४९ रन बनाए भने प्रेम तामाङले २९ र कुशल भर्तेलले १४ रनको योगदान गरे ।

बलिङ तर्फ विराटनगरका मनोज मण्डल र दिपेश कर्णेल दुई दुई विकेट लिए ।

जवाफमा होराइजन क्रिकेट क्लव विराटनगर २० ओभरमा ९ विकेट गुमाउदा एक सय ३२ रनमा रोकियो ।

उसका लागि रवी रोयले ५३, पुष्प थापा १६, मनोज मण्डलले १५ रनको योगदान गरे । विराटनगरलाई कम स्कोरमा रोक्न पुलिसका मञ्जित श्रेष्ठ ४ विकेट लिए भने ललित राजवंशी र ललित भण्डारी दुई दुई विकेट हात पारे ।

सेमिफाइनलमा त्रिभुवन आर्मी र सेभेन स्टार क्लव इटहरी तथा पुलिस र मेची क्रिकेट एकेडेमी झापा विच प्रतिस्पर्धा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest