राजस्थानलाई ६ विकेटले हराउँदै कोलकाला आइपिएलको प्लेअफ नजिक

कोलकत्ता नाइट राइडर्स इन्डियन पि्रमियर लिग आइपिएलको प्ले अफ नजिक पुगेको छ । कोलकत्ताले गएराती भएको खेलमा राजस्थान रोयल्यसलाइ ६ विकेटले पराजित गर्यो ।

इडेन गार्डेनमा टस हारेर ब्याटिङ गरेको राजस्थान १९ ओभरमा अल आउट हुदै एक सय ४२ रनमा समेटिएको थियो । जोस बटलर र राहुल त्रिपाठीले राजस्थानलाइ शानदार सुरुवात दिलाएका थिए । यी दुइले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । त्रिपाठी पांचौ ओभरको अन्तिम वलमा पहिलो विकेटका रुपमा २७ रनमा आउट भए ।

तर बांकी १५ ओभरमा ८३ रन बनाउदा राजस्थानको ब्याटिर पुरै कोल्याप्स भयो । बटलर ३९ रनमा पवेलियन फर्किए । कुलदिप यादवले आइपिएल करियरकै उत्कृष्ट वलि» गर्दै चार विकेट लिएपछि राजस्थानको पारी ध्वस्त बनेको थियो । उनले जम्मा २० रन खर्चिएका थिए । जयदेव उनादकद २६, संजु सामसन १२, कप्तान अजिंक्य रहाणे र बेन स्टोक्सले समान एघार एघार रन बनाएका थिए ।

आन्द्रे रसेल र प्रसिद्ध कृष्णाले दुइ दुइ विकेट लिए ।

जवाफमा एक सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा चार विकेटको नोक्सानीमा पुरा गर्यो । कोलकत्ताको सहज जीतमा क्रिस लिनले सर्वाधिक ४५ रनको योगदान दिए । दिनेश कार्तिक ४१ रनमा अविजीत रहदा सुनिल नरेन र नितिश रानाले समान २१ २१ रन जोडे । स्टोक्सले तीन विकेट लिएपनि टिमका लागि फाइदा भएन् । तेस्रो स्थानमा रहेको कोलकत्ताको १३ खेलबाट १४ अंक छ ।

चौथो स्थानको राजस्थानको १२ अंक छ । १२ खेल बाट १२ अंकनै बटुलेको किंस इलोभन पांजाव पांचौ स्थानमा छ । कोलकत्ताले अब प्ले अफमा स्थान बनाइसकेको सनराइसर्ज हैदराबाद संग खेल्नेछ भने राजस्थानले रोयल च्यालेन्जर्स बैरलोरको सामना गर्नेछ । आइपिएलमा आज मुम्बइ इन्डियन्स र पंजाव बीच खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest