लर्डसमा हुने विश्व ११ को टिममा सन्दिप, विश्व विख्यात खेलाडीसँग खेल्ने

नेपाली युवा लेग स्पिनर सन्दिप लामीछाने लर्डसमा हुने वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा परेका छन ।

इन्डियन प्रिमियर लिग आइपिएलका लागि हाल भारतमा रहेका सन्दिपलाई आइसीसीले विश्व ११ टिममा समावेश गरेको हो ।

३१ मे मा लर्डसमा हुने खेलका लागि सन्दिपलाई टिममा परेको हो । १७ बर्षे सन्दिप इयोन मोर्गनको कप्तानीमा हुने टिमबाट खेल्नेछन ।

यो टिममा मोर्गन र सन्दिप सहित, साहिद अफ्रिदी, तमिम इक्वाल, दिनेश कार्तीक, रासिद खान, मिचेल म्याक्लागन, सोयब मलिक, हार्दिक पाण्डे, थिसारा परेरा र लुकी रोन्ची रहेका छन ।

सन् २०१४ मा पूर्व प्रशिक्षक पुबुदु दशानायकेले सन्दिपको करियरलाई नयाा मोड दिएका थिए । २०१६ मा भएको अन्डर नाइन्टिन विश्वकपमा कुल १६ विकेट लिदै तहल्का मच्चाएका सन्दिपले लर्डसमा नै भएको एमसीसी विरुद्धको खेलमा नेपालबाट खेलेका थिए ।

नामिविया विरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका सन्दिपलाई आइपिएल टिम दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाामा अनुबन्ध गरेको थियो ।

जसमा सन्दिपले विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स बैङलोर विरुद्ध आइपिएलमा डेब्यु गरेका थिए । जसमा उनले चार ओभरमा २५ रन खर्चदै एक विकेट लिएका थिए । उनको बलिङबाट पुरै टिमका साथै विश्व प्रख्यात खेलाडीले पनि प्रशंसा गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest