इटहरी टी-२० को उपाधिका लागि पुलिस र आर्मी भिड्ने

सुनसरीमा जारी इटहरी टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागिए टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव भिड्ने भएका छन । आज भएको सेमिफाइनलमा आर्मीले घरेलु टिम सेभेन स्टार इटहरीलाई एक सय ३२ रनले हरायो भने पुलिसले मेची क्रिकेट एकेडेमी झापालाई ६१ रनले पराजित गर्यो ।

इटहरीमा भएको पहिलो सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा सात विकेट गुमाउदै एक सय ७२ रन बनायो । उसका लागि इन्द्रकमल मानन्धर ५९, महेश क्षेत्री २५, जितेन्द्र मुखिया २८ रनको योगदान गरे । बलिङ तर्फ इटहरीका अमित भगत ३ तथा विकल्प आचार्य २ विकेट लिए । जवाफमा इटहरी १६ ओभरमा मात्र ४० रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले दोहोरो अंक छुन सकेनन । उसलाई कम स्कोरमा समेट्न जितेन्द्र मुखिया ३, साहव आलम र हरिशंकर शाह दुई दुई विकेट लिए ।

अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट एक सय ४९ रन बनायो । उसका लागि योगन्द्र कार्की ३९, अविनाश कर्ण २८, प्रेम तामाङ ११ रनको योगदान गरे । बलिङ झापाका सन्दिप ढुंगाना ४ तथा राज थापा २ विकेट लिए । जवाफमा झापा १८ ओभर ४ बलमा ८८ रनमा अलआउट भयो । उसका राज थापा ३१, सन्दिप ढुंगाना १७ बनाउदा बाकि खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । बलिङ तर्फ पुलिसका मञ्जित श्रेष्ठ, ललित राजवंशी योगन्द्र कार्की दुई दुई विकेट लिए । फाइनल खेल भोली हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest