मुम्बईद्वारा पञ्जाव ३ रनले पराजित, जितसँगै मुम्बईको प्लेअफमा पुग्ने आशा जिवितै

मुम्बई इन्डियन्सले इन्डियन पि्रमियर लिगमा किंस इलोभन पंजाव माथि तीन रनको रोमाञ्चक जीत हात पारेको छ । यो संगै मुम्बइको प्ले अफ पुग्ने आशा जीवीतै छ ।

वा»खडे स्टिेडियममा टस हारेर ब्याटिर गरेको घरेलु टोली मुम्बइले २० ओभरमा आठ विकेट गुमाउदै एक सय ८६ रन बनाएको थियो ।

महत्वपुर्ण खेलमा मुम्बइका लागि किरोन पोलार्डले २३ वलमा ५० रनको उत्कृष्ट पारी खेले । क्रुणाल पान्डेले ३२, सुर्य कुमार यादवले ३२ र इसान किसनले २० रन बनाएका थिए ।

पंजावका एन्ड्रयु टायले चार विकेट लिए । जवाफमा एक सय ८७ रनको लक्ष्य पछ्याएको पंजावले पुरै ओभर खेल्दै पांच विकेटको क्षतीमा एक सय ८३ रन मात्र बनाउन सक्यो । पंजावलाइ जीतका लागि अन्तिम ओभरमा १७ रन चाहिएको थियो । तर उसले १३ रन मात्र बनाउन सक्यो ।

लोकेश राहुलले ९४ रनको पारी खेलेपनि पंजावको हार टार्न पर्याप्त भएन् । आरोन फिन्चले ४६ रन बनाएका थिए । गर या मर को स्थितीमा रहेको मुम्बइका जसपि्रत बुमराहले तीन विकेट लिए । जीतपछि १३ खेलबाट १२ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । अब उसले अन्तिम खेलमा दिल्ली डेयर डेभिल्स संग खेल्नेछ ।

छैटौ स्थानमा झरेको पंजावको प्ले अफ यात्रा भने कठिन बनेको छ । पंजावको अन्तिम खेल चेन्नाइ सुपर किंस संग छ । आइपिएलमा आज प्ले अफ पुगीसकेको सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बै»लोर बीच खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest