करणले पाए स्पेशल अवार्ड

नेपाललाई डिभिजन टु बाट विश्वकप छनोटमा पुर्याउदा नायक बनेका करण केसीले स्पोर्टस अवार्डमा स्पेसल अवार्ड पाएका छन ।

नामिवियामा भएको डिभिजन टु मा क्यानडा विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई हारबाट बचाउनुका साथै ऐतिहासिक जित दिलाएका करणलाई नेपाल खेलकुद पत्रकार मञ्चले स्पेशल अवार्डबाट सम्मानित गरेको हो ।

करणको उक्त पारीले नेपाले हारमात्र टारेन विश्वकप छनेाटमा पनि स्थान बनाएको थियो ।

डिभिजन टु को उपविजेता हुादाका नायक करणको योगदानको कदर गर्दै उनलाई स्पेशल अवार्ड दिइएको हो ।

करणलाई युवा तथा खेलकुद मन्त्री जगदबहादुर विश्वकर्माले अवार्ड प्रदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest