बर्षको उत्कृष्ट प्रशिक्षक जगत टमाटा

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा एनएसजेएफको उत्कृष्ट प्रशिक्षक बनेका छन ।

नेपाललाई एकदिवसिय मान्यता दिलाउन महत्वपुर्ण भुमिका खेलेका जगतले क्रिकेटकै विनोद दाश फुटबलमा छिरीङ लोप्साङ गुरुङ बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठलाई पछि पारे ।

जगतको प्रशिक्षणमा नेपाल विश्वकप छनोटमा आठौ स्थानमा रहेको थियो । यस्तै विश्व क्रिकेट लिग डिभिजन २ मा उपविजेता बनेको थियो ।

यस्तै वर्षको उत्कृष्ट युवा खेलाडी स्पिनर सन्दीप भएका छन्।

नेपाली क्रिकेट टोलीले एक दिवसिय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीपले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उपाधि जितेका हुन्।

सन्दीप हाल आइपिएल खेल्न दिल्ली डेयरडेभिल्ससङ्ग आबद्ध छन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest