चेन्नेई विरुद्द सन्दिप खेल्ने पक्का, दिल्लीले सोध्यो कति विकेट लिन्छ ?

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई उत्कृष्ट प्रदर्शनका कारण उनको टीम दिल्ली डेयरडेभिल्सले चेन्नई सुपर किंग्सविरुद्ध पनि उतार्ने भएको छ ।

दिल्लीले सन्दीपले चेन्नईविरुद्धको खेल खेल्ने जनाउँदै उनले शुक्रबार कति विकेट लिन्छन् होला भनेर सोधेको छ ।

उनले महेन्द्रसिंह धोनी, सुरेश रैना, शेन वाट्सन, रवीन्द्र जडेजा, अम्बाती रायूडु, ड्वेन ब्राभोलगायतका विश्वकै उत्कृष्ट ब्याट्सम्यानलाई बलिङ भने गर्नेछन् ।

१२ खेलबाट ६ अ‌ंक मात्र बटुल्न सफल दिल्ली प्लेअफबाट बाहिरिइसकेको छ । अब उसले चेन्नई र मुम्बई इन्डियन्ससँग मात्र खेल्न बाँकी छ । सन्दीप पछिल्लो समय चर्चामा रहेका छन् ।

उनी इन्डियन प्रिमियर लिग (आईपीएल) र क्यारेबियन लिग खेल्ने भएकाले मात्रै चर्चामा आएका होइनन् । उनले मे ३१ मा इंग्ल्याण्डको लर्डसमा विश्व ११ को तर्फबाट वेष्ट इन्डिजविरुद्ध हुने खेलमा खेल्ने भएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest