पुलिसलाई ८ विकेटले हराउँदै आर्मीले जित्यो इटहरी क्रिकेटको उपाधि

इटहरीमा सम्पन्न टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागिए टिम त्रिभुवन आर्मीले जितेको छ । फाइनलमा पुलिसलाई आठ विकेटले हराउादै पुलिसले उपाधि जित्न सफल भयो ।

इटहरीमा भएको फाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले २० ओभरमा ६ विकेट गुमाउदै एक सय २० रन बनायो । उसका लागि रोशन बुढाले २९, कुशल भुर्तेल २५, प्रेम तामाङ १८ रन बनाए । बलिङ तफ आर्मीका लागि हरीकृष्ण झा ३ तथा शाहव आलम २ विकेट लिए ।

जवाफमा आर्मीले १७ ओभर ४ बलमा दुई विकेट गुमाउादै लक्ष्य पुरा गर्यो । आर्मीका लागि महेश क्षेत्री ३२, अनिल मण्डल ५२, विनोद भण्डारी २० रनको योगदान गरे । बलिङमा पुलिसका ललित राजवंशी र कुशल भुर्तेलले एक एक विकेट लिए ।

प्रतियोगिताको म्यान अफ द सिरीज आर्मीका हरिकृष्ण झा बने । उनले प्रतियोगितामा कुल ५९ रन बनाए भने ६ विकेट लिए । यस्तै बेष्ट बलर पुलिसका मञ्जित श्रेष्ठ बने उनले कुल ६ विकेट लिएका थिए । यस्तै बेष्ट ब्याट्सम्यान झापाका अंकित सुवेधी ठहरीए । उनले कुल एक सय २५ बनाए । विजेताले आर्मीले ७५ हजार, उपविजेता पुलिसले ४० हजार रुपैया हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest