आइपिएलमा प्लेअफ पुग्ने दुई टिमको समिकरण रोमाञ्चक मोडमा

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बैङलोरले शिर्ष स्थानको सनराइजर्स हैदरावादलाई पराजित गरेसागै प्लेअफमा पुग्ने दुई टिमको टुङगो रोमाञ्चक मोडमा पुगेको छ ।

बैङलोरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउदै दुई सय १८ रन बनायो । ३८ रन हुादा दुई विकेट गुमाइसकेको बैङलोरका लागि एवी डिभिलियर्स र मोयन अलीले तेस्रो विकेटका लागि एक सय सात रनको साझेदारी गर्दै पारी सम्हाले ।

डिभिलियर्सले ६९ रन बनाए भने अलीले ६५ रनको योगदान गरे । यस्तै कोलीन ग्राण्डहोमले ४० र सरफराज खानले २२ रन थपे । बलिङ तर्फ हैदरावादका रासिद खानले तीन विकेट लिए ।

जवाफमा हैदरावादले २० ओभरमा तीन विकेट गुमाउदा दुई सय चार रनमा रोकियो । ६४ रनमा दुई विकेट खेर फालेको उसका लागि कप्तान केन विलियम्सन र मनिश पाण्डेले तेस्रो विकेटका लागि एक सय ३५ रनको साझेदारी गर्दै जितको नजिक पुर्याएका थिए ।

तर अन्तिममा ओभरमा हैदरावादलाई जितका लागि २० रन चाहिएकोमा पुरा गर्न सकेन । उसका लागि विलियम्सनले ८१ रन बनाए भने मनिशले ६२ तथा एलेक्स हल्सले ३७ र शिखर धवनले १८ रन बनाए ।

बैङलोरको जितसागै प्लेअफमा पुग्ने दुई टिमको टुङगोका लागि कोलकाता, मुम्बइ, बैङलोर, राजस्थान र पञ्जाव विच प्रतिस्पर्धा हुने भएको छ । कोलकाताको १४ अंक छ भने अरु चार टिमको समान १२ अंक छ । सबै टिमले अन्तिम खेल खेल्न बाकि छ । यो अवस्थामा जुन टिमले जित निकाल्यो त्यो टिम प्लेअफमा पुग्ने देखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest