भारतीय पूर्व कप्तान सौरभ गांगुलीसँग सन्दिप

भारतीय सञ्चार माध्यम आजतकको सहायक च्यानलले आयोजना गरेको अन्तर्कृयामा नेपाली युवा बलर सन्दिप लामिछानेले भारतीय पूर्व कप्तान सौरभ गांगुली, गौतम गम्भिर र ग्लेन म्याक्सवेलसँग स्टेज सेयर गर्ने मौका पाएका छन ।

सो च्यानलले विभिन्न पिडीका खेलाडीलाई एकै स्टेजमा राखेर अन्तर्कृया गरेको थियो । जसमा युवा खेलाडी सन्दिपका बारेमा ग्लेन म्याक्सवेलले तारिफ गरेका थिए ।

सौरभ गांगुलीले पनि सन्दिपलाई प्रश्न गर्दै घरेलु क्रिकेट खेल्दा कति बर्षको थियो भनेर प्रश्न गरेका थिए ।

सन्दिपले विश्व चर्चित खेलाडीसँग स्टेज सेयर गर्न पाउदा निकै खुसी लागेको बताए । आईपिएलमा आबद्ध भएपछि सन्दिपका चर्चा दिनप्रतिदिन चुलिदै गएको छ ।

त्यसमा पनि लर्डसमा हुने विश्व ११ टिममा परेपछि उनलाई विश्वब्यापि रुपमा खोजिन थालेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest