प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

राष्ट्रिय खेलकुद परिषदको आयोजना र नेपालय इन्टरनेश्नलको ब्यवस्थापनमा हुन लागेको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बिभागिय टिम एपिएफ र क्षेत्र नम्वर ४ विच प्रतिस्पर्धा हुने भएको छ ।

काठमाठौमा आज भएको प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेलमा एपिएफ र क्षेत्र नम्वर चार विच प्रतिस्पर्धा हुने जनाएको हो । कार्यक्रममा प्रतियोगिताको मुख्य प्रायोजक एक्सेल्सिया कलेजसँग पनि प्रायोजक सम्झौता गरेको छ । एक्सेल्सिया कलेजका क्षेत्रीय प्रमुख बबी अब्राहम र नेपालय इन्टरनेश्नलका प्रवन्ध निर्देशक सुवास प्रधान विच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार एक्सेल्सिया कलेजले नेपालय इन्टरनेश्नललाई २४ हजार अष्ट्रेलियन डलर (करिव २० लाख रुपैयाँ) उपलब्ध गराउने भएको छ ।
यस्तै प्रतियोगितालाई नेपाल लिक्वेर्सले सहप्रायोजन गर्ने भएको छ । सहप्रायोजन बाफतको रकम भने खुलाइएको छैन ।

Prime Minister Cup

सोहि कार्यक्रममा प्रतियोगितामा लगाइने जर्सि पनि सार्वजनिक गरिएको छ । जर्सिलाई एक्सेल्सिया कलेजका प्रतिनिधी बबी र नेपालयका प्रवन्ध निर्देशक सुवासले सार्वजनिक गरेका हुन ।

जेठ १३ गतेदेखि हुने प्रतियोगिता २९ गतेसम्म चल्नेछ । सहभागि १० टिमलाई दुई समुहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका समुहका शिर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन ।

प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछ । यस्तै म्यान अफ द सिरीजले एक लाख र विधागत उत्कृष्ट हुनेले जनही ५० हजार रुपैयाँ पाउनेछन । खेलहरु AP1 HD बाट प्रत्यक्ष प्रशारण हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest