आइपिएलमा सन्दिपको प्रभावशाली प्रदर्शन जारी, चेन्नेइ विरुद्ध बने स्टाइलिस प्लेयर

इण्डियन प्रिमियर लिगको दोस्रो खेलमा नेपाली युवा बलर सन्दिप लामिछाने स्टाइलिस प्लेयर अफ द म्याच घोषित भएका छन् ।

चेन्नई सुपर किंग्सलाई ३४ रनले हराउने क्रममा सन्दिपले एक विकेट लिए । १६३ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किंग्सलाई १२८ रनमा समेट्न सन्दिपले ५.२५ को औशतमा २१ रन दिए । ४ ओभर बलिङ गर्दै सन्दिपले सुरेश रैनाको विकेट लिएका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्ली डेरडेविल्सले २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । दिल्लीका लागि रिसव पन्तले सर्वाधिक ३८ रन बनाएका थिए भने विजय शंकर र हर्सल पटेलले ३६–३६ रनको योगदान दिए । हर्सलले अन्तिम ओभरमा ३ छक्का सहित १९ रनको योगदान दिएपछि दिल्लीले बलियो स्कोर तयार पारेको थियो ।

बलिङ तर्फ लुंगी घिँडीले २ विकेट लिए भने दिपक चाहर, रवीन्द्र जडेजा र शार्दुल ठाकुरले १–१ विकेट लिए ।

१६३ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै १२८ रनमा समेटियो । चेन्नईका लागि अम्बाती रायुडुले अर्धशतक पार गर्दै ५० रन बनाएका थिए भने रवीन्द्र जडेजाले २७ रन जोडे । अन्य खेलाडीको प्रदर्शन खराब रह्यो ।

बलिङतर्फ ट्रेन्ट बोल्ट र अमित मिश्राले २–२ विकेट लिए । सन्दिप र हर्सलले १–१ विकेट लिए ।

चेन्नईले प्लेअफमा स्थान बनाइसकेको छ भने दिल्लीको प्लेअफमा पुग्ने सम्भावना टरिसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest