कोलकत्ता आइपिएलको प्लेअफमा, आज सन्दिपको टिमले अन्तिम खेल खेल्दै

कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिगको प्ले अफमा प्रवेश गरेको छ । गएराती भएको खेलमा सनराइसर्ज हैदराबादलाई पांच विकेटले पराजित गर्दै कोलकत्ताले प्ले अफमा स्थान बनाएको हो ।

राजीव गान्धि इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटि गरेको हैदराबादले २० ओभरमा नौ विकेट गुमाउदै एक सय ७२ रन बनाएको थियो ।

उसका लागि शिखर धवनले ५०, केन विलियम्सनले ३६, श्रीवत्स गोस्वामीले ३५ र मनिष पान्डेले २५ रन बनाएका थिए । कोलकत्तालाइ अन्तिम ओभर तिर बलरहरुले खेलमा फर्काएका थिए ।

हैदराबादले अन्तिम सात ओभरमा केवल ४४ रन जोडेको थियो । कोलकत्ताका लागि प्रसिद्ध कृष्ण सवैभन्दा सफल वलर सावित भए । उनले चार विकेट लिएका थिए ।

जवाफमा एक सय ७३ रनकोे लक्ष्य कोलकत्ताले १९ ओभर चार वलमा पांच विकेटको नोक्सानीमा पुरा गर्यो । महत्वपुर्ण खेलमा कोलकत्तलाइ सहज जीत दिलाउने क्रममा क्रिस लिनले ५५, रोविन उथप्पाले ४५, सुनिल नरेनले २९ रनको योगदान दिएका थिए । दिनेश कार्तिक २६ रनमा अविजीत रहे । हैदराबादका कार्लोस ब्रेथवेट र सिदार्थ कौरले दुइ दुइ विकेट लिए ।

जीत पछि कोलकत्ताले प्ले अफमा स्थान बनायो । हैदराबाद भने यसअघिनै प्ले अफ पुगीसकेको थियो । राजस्थान रोयल्स संग ३० रनले हारेको विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्सर्ज बैलोर भने प्रतियोगिता बाट बाहिरिएको छ । एक सय ६४ रनको लक्ष्य पछ्याएको बैलोर एक सय ३४ रनमा अल आउट भएको थियो । अब राजस्थान, किंस इलोभन पंजाव र मुम्बइ इन्डियन्स मध्ये एक टिमले प्ले अफमा स्थान पाउनेछन ।

चेन्नाइ सुपर किस पनि प्ले अफ पुगीसकेको छ । आइपिएलमा आज दिल्ली डेयर डेभिल्स र मुम्बइ तथा चेन्नाइ र पंजाव बीच खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest