आइपिएलमा सन्दिपले अन्तिम खेल खेल्दै, सबैको नजर सन्दिपमा

नेपाली युवा स्पिनर सन्दीप लामिछानेको टिम दिल्ली डेयरडेभिल्स मुम्बई इन्डियन्स विरुद्धको अन्तिम खेलमा पहिले ब्याटिङ गर्ने भएको छ ।

आइपिएलमा उत्कृष्ट सुरुवात गरेका सन्दिपका लागि आज जारी सिजनको अन्तिम खेल हुनेछ । दिल्ली प्रतियोगिताबाट बाहिरीएपछि अन्तिम तीन खेल बाँकि हुदा डेब्यु गरेका थिए । जसमा उनले आफ्नो दुई खेलमा विराट कोहली, एबी डि भिलियर्स, शेन वाट्सन, महेन्द्र सिंह धोनी र सुरेश रैनाजस्ता विश्व प्रसिद्ध ब्याट्सम्यानहरुलाई बलिङ गर्दै विश्व क्रिकेटलाई नै आफ्नो प्रदर्शनबाट प्रभावित गरेका छन् ।

दुई खेलमा कुल ८ ओभर बलिङ गर्दै उनले ४६ रन खर्चेर २ विकेट लिएका छन । उनले पार्थिव पटेल र रैनाको विकेट लिएका थिए । दुइ खेलमा सन्दिपले कुल २० डट बल पनि फालेका छन । सन्दीप यो सिजनका लागि विश्व क्रिकेटलाई १७ वर्षे नेपाली स्पिनरको जादु देखाउन अन्तिम पटक मैदानमा उत्रिनेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest