सन्दिपको बलिङबाट प्रभावित भएका अमितले भने सिधा बलको कला सिक्न आतुर

भारतीय स्पिनर अमित मिश्राले नेपाली बलर सन्दीप लामिछानेको बलिङबाट आफू प्रभावित भएको बताएका छन् ।

आईपीएल क्रिकेटमा सन्दीप रहेकै टिम दिल्ली डेयरडेभिल्समा रहेका अमितले अभ्यासका क्रममा सन्दीपको बलिङ क्षमतासँग परिचित हुन पाएको र खासगरी सन्दीपको सिधा बल फाल्ने कलाबाट आफू धेरै नै प्रभावित भएको बताएका हुन् ।

शुक्रबार चेन्नई सुपरकिंग्सलाई हराएपछि टेलिभिजन च्यानल स्टार स्पोर्टसँंग कुरा गर्दै अमितले सन्दीपबाट त्यसरी सिधा बल फाल्ने कला आफूले पनि सिक्न चाहेको बताएका हुन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest