केपिएलमा आर्मी र केसीटीसी विजयी

सुर्खेतमा जारी कर्णाली प्रिमियर लिगमा त्रिभुवन आर्मी र काठमाडौं ट्रेनिङ सेन्टर विजयी भएका छन । काठमाडौ क्रिकेट ट्रेनिंङ सेन्टरले रोयल राइजिंग क्रिकेट क्लबलाई आठ रनले हरायो भने आर्मीले महाकाली क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्यो ।

टस हारेर ब्याटिंगको निम्तो पाएको काठमाडौ क्रिकेट ट्रेनिंङ सेन्टर २० ओभरमा एक सय ४० रनमा अलआउट भयो ।

खराब सुरुवात गरेको केसीटिसीले सुरुवाती ५ विकेट ३२ रनमा गुमाएको थियो । छैठौ विकेटको लागि बिपिन आचार्य र बिबेक राना मगरले ७६ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए ।

रोयल राइजिंगका लागि प्रकाश जैसीले ३ तथा बिबश गिरी र विजय बिष्टले समान २/२ विकेट हात पारे ।

जवाफमा रोयल राइजिंग २० ओभरमा ८ विकेट गुमाउदा एक सय ३२ रन मात्रै बनाउन सक्यो । राइजिंगका लागि प्रकाश जैसीले सर्वाधिक ५६ रन बनाएपनि बाकि खेलाडी सस्तैमा आउट भए ।

उसलाई कम स्कोरमा रोक्न आदील खानले तीन तथा सञ्जय बस्नेतले दुई विकेट हात पारे ।

अर्को खेलमा टस जितेर पहिले ब्याटिंङ गरेको महाकाली क्रिकेट क्लबले २० ओभरमा ७ विकेट गुमाउादै १ सय २९ रन बनायो ।

उसका लागि कप्तान सुरेन्द्र चन्दले २९ रन बनाए भने दिपेन्ऽ चन्द र प्रकाश सिंहले समान १९/१९ रन बनाए ।

एक सय ३० रनको लक्ष्य आर्मीले १९ ओभरमा ५ विकेट गुमाउादै पुरा गर्यो । ५५ रनमा पहिलो ५ विकेट गुमाएको त्रिभुवन आर्मीको जितमा बिक्रम सोब र नरेश बुढाऐरले ७९ रनको साझेदारी गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest