आइपिएलबाट सन्दिपले खोलेको अवसरको ढोका

नेपाली युवा स्पिनर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग मार्फत विश्व क्रिकेटमा उत्कृष्ट प्रभाव बनाएका छन । आईपिएलमा पहिलो पटक खेलेका सन्दिपले तीन खेलमा ५ विकेट लिदै विश्वका उत्कृष्ट खेलाडीको बोलिमा झुण्डिन पुगे ।

विश्वका चर्चित खेलाडीको जमघट हुने आईपिएलमा १७ बषिर्य सन्दिप पहिलो पटक दिल्लीको टिमबाट आफ्नो डेब्यु गरे । सुरुवाती ११ खेलमा बेन्चमा बसेका सन्दिपले १२ औं खेलमा डेब्यु गर्ने मौका पाए ।

आइपिएलको पहिलो खेल त्यसमा पनि टिमको पहिलो ओपनर बलर बनेका सन्दिपले आफनो क्षमता पहिलो बलबाट नै देखाए । पहिलो खेलमा नै बैङलोरका पार्थिव पटेलको विकेट लिएका सन्दिपको चर्चा एकाएक सोसियल मिडीयाका साथै क्रिकेटजगतमा भाइरल बन्यो । त्यसपछि महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नेई विरुद्धको खेलमा पनि सन्दिपले आफ्नो उत्कृष्टता फेरी देखाए ।

विश्वका अहिलेका उत्कृष्ट खेलाडी विराट कोहली र एवी डिभिलियर्सलाई बलिङ गर्दा पनि नहिचकिचाएका सन्दिपले चेन्नेई विरुद्धको खेलमा स्टार खेलाडी सुरेश रैनाको विकेट लिन सफल भए । लगातार दुई खेलमा दुई विकेट लिएका सन्दिपलाई दिल्लीले सुरुवात देखि नै नखेलाउदा गल्ती गरेको भनाईपनि टिमका सदस्य नै स्विकार गरे ।

युवा जोश त्यसमा पनि आत्मविश्वासले भरिपुर्ण सन्दिपले दिल्लीको अन्तिम खेलमा मुम्बई विरुद्ध आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्दै तीन विकेट लिन सफल भए । उनले चार ओभरमा ३६ रन खर्चिएर तीन विकेट हात पारे । पहिलो ओभर लिएर आएका सन्दिपलाई शुर्यकुमार यादवले सुरुवाती दुई बलमा बाउन्ड्री हानेपनि सोहि ओभरमा विकेट लिन सफल भए । त्यसपछि १० औं ओभरमा सन्दिपले दुई विकेट लिए ।

उनले आक्रामक ब्याट्सम्यान कायरन पोलार्डलाई पहिलो सिकार बनाए । त्यसपछि लगत्तै क्रुनाल पाण्डेलाई गुगली मार्फत क्याच आउट गराए । जसका कारण सन्दिपले आगामी दिनमा आइपिएलमा पनि ठुलो भविष्य छ भन्ने देखाएका छन ।

तीन खेलमा सन्दिपले १२ ओभर बलिङ गर्दा ८२ रन दिएर पाच विकेट लिए । जसमा उनले ३० वटा डट बल गरेका थिए । मुम्बई विरुद्ध तीन विकेट लिएपछि सन्दिपका बारेमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का सहित विश्वभरका नेपाली क्रिकेट समर्थकले बधाई दिएका छन ।
सन्दिपको सफल प्रदर्शनका कारण विश्वमाझ नेपालमा पनि राम्रो खेलाडी रहेको देखाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest